• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरपायक जागिर साधक कि बाधक : सुनिता काफ्ले




म्याग्दी । स्कूललमा गएर हाजिर लगाएर धान काट्न खेतमा पुग्ने यी कुरा त उखान जस्तै लाग्छन्, आजभोलि ।  संघीयताको उपलब्धिस्वरुप स्थानीय सरकारको मातहतमा विद्यालयीय शिक्षा आएपछि यस्तो प्रवृत्ति अपवादमा मात्र भेटिन्छ । प्रस्तावित शिक्षा ऐनमा अनिवार्य सरुवाका कुरा उठ्दै गर्दा घरपायक काम गरिरहेका शिक्षक दूरदराजमा गएर काम गर्नुपर्ने अवस्था आउनेछ। कोही सधैं सुगममा बस्न पाउने तर कोही सधैं दुर्गममा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न अनिवार्य सरुवाको कुरा उठ्दा यसलाई नकार्न पनि सकिदैन्। यो लेख घरपायक जागीर साधक कि बाधक भन्नेमा केन्द्रित रहेको हुँदा आफूले घरबाहिर रहेर काम गर्दाका अनुभव र आफ्नै ठाउँमा काम गर्दा हुनसक्ने  फाइदाका बारेमा केही कुरा भन्न जाँदैछु ।

१.अहिले जागीरमा महिलाको सङ्ख्या उल्लेख्य छ, प्रायः महिलाले पेशासँगै  बालबच्चाको हेरचाह र परिवारको जिम्मेवारी उठाउनु पर्नेहुँदा बाहिर बस्दा कामको बोझ र विभिन्न मानसिक समस्या झेल्नुपर्ने हुन्छ।

२.बालबच्चा आमासँग नै रहने हुँदा महिला शिक्षक कर्मचारीले जति परिवारको साथमा हुँदा  अध्ययनलाई निरन्तरता दिने,तालिममा सहभागी हुने,कार्यस्थलमा अतिरिक्त समय दिने तथा अन्य पेसागत विकासका अवसर पाउँछन् त्यति सहज घरबाहिर  हुँदा  हुँदैन् ।

३.बाहिरको समाजमा गएर काम गर्दै गर्दा जति आफ्नो समाजमा रहेर सामाजिक काममा सहभागी हुने मौका पाइन्छ त्यति अन्यत्र पाइदैन ।त्यो समाजले अपनत्व नदिएको र शिक्षक कर्मचारी पनि अतिरिक्त समय त्यतिकै खेर गएको हुन्छ ।

४.रोजगार र व्यवसायका अनेक विकल्प हुँदाहुँदै पनि आफ्नो परिवारलाई महत्त्व दिएर नेपालकै रोजगारी रोज्नेले घरपायक नहुँदासम्म न त परिवार  र समाजलाई सुखदुःखमा साथ दिन सकिन्छ न त बचत गर्न नै सकिन्छ।

५.कतिपय शिक्षकहरुले घरदेखी अपायक ठाउँमा  पनि लामो समय त्यहीँ ठाउँमा बसेर स्थानीय सरह बनेर बसेको उदाहरण पनि प्रशस्त छन् तर पुरुष शिक्षकले आफ्नो परिवारलाई सँगै राख्ने गरे तापनि महिलाको हकमा त्यो पनि सहज छैन। धेरै चुनौतीपूर्ण छ महिलाको लागि अपायक जागिर ।

लेखक सुनिता काफ्ले शिख मावि अन्नपूर्ण म्याग्दीमा कार्यरत शिक्षिका हुनुहुन्छ ।

Facebook Comments