• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा भोलि सञ्चारकर्मी र बुद्धिजीवीहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै




घोराही  । दाङको घोराहीमा फागुन ३० गते भोलि वर्तमान राजनीति-आर्थिक संकट र सञ्चारमा त्यसको दुष्प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा ११:३० बजेदेखि सर्वोदय पुस्तकालयको सभाहलमा सो  कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिका सदस्य जंग रेउलेका अनुसार कार्यक्रमको सम्पूर्ण  तयारी पूरा भएको बताएका छन् ।

हामीले सबै सञ्चारकर्मी साथिहरु , पत्रकार संघ/संगठनका प्रमुख , आम बुद्धिजीवी मित्रहरु लगाएत सबै सञ्चार गृह , पत्रपत्रिका , अनलाइन , रेडियो , टेलिभिजन , नागरिक समाज , मानवअधिकारकर्मी लगाएत सबैलाई निमन्त्रणा सहित कार्यपत्र प्रदान गरिसकेका छौँ , उनले भने ‘ अहिलेको राजनीतिक – आर्थिक संकटले सञ्चार क्षेत्रमा गहिरो प्रभाव पारेको छ भन्नेमा सबैको सहमति छ तर निकासका बारेमा बिमर्श गर्न खुल्ला बहस चलाउने सोचले कार्यक्रम आयोजना गरेका हौं । कार्यक्रममा सहभागीताका लागि अपिल गर्दछौं ।’

Facebook Comments