• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु




दाङ । बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेल रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो। बसको ठक्कर बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँनजिक पाउने ६ बजे  पौडेललाई बसले ठक्कर दिएको थियो।

घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएको थियो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments