• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगामा ६० दिने गैलैंचा बुनाइ तालिम सम्पन्न




रुकुमपूर्व । रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकामा ६० दिने गलैंचा बुनाइ तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगबाट घरेलु तथा साना उद्योग कार्यलय रुकुम पूर्वले पुथा उत्तरगंगा गाउँपालिकाको समन्वयमा ६० दिने गलैंचा बुनाई तालिम आयोजना गरेको थियो । तालिम गत महिना पुस २७ गतेदेखि फागुन २८ सम्म चलेको थियो।

पुथा उत्तरगङ्गा गाउँपालिकामा अल्लो, भेडाको ऊन लगायत गलैंचा बनाउने कच्चा पदार्थ प्रशस्त मात्रामा पाइने तर खेर गइरहेको हुदा यसलाई सदुपयोग गर्नु पर्छ भन्ने सोचले घरेलु तथा साना उद्योग कार्यलयसँग गलैंचा बुनाईको सीप मुलक तालिम गरौँ भनी समन्वय गरेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको भेडाको ऊन र अल्लोको रेसालाई सदुपयोग गर्न सके महिला दिदिबहिनीहरु आत्मनिर्भर बन्ने गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । पछिल्लो समय मेहनत गर्ने बानी हराउँदै गएकोले अल्लो, ऊन जस्ता कच्चापदार्थ खेर गइरहेको अध्यक्ष घर्तीले बताउनुभयो । यस्तै अध्यक्ष घर्तीले आफ्नो अनुरोध लाई स्वीकार गर्दै गलैंचा बुनाई सीप मुलक तामिम पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालन गरिदिएकोले घरेलु साना उद्योग कार्यलयलाई धन्यवाद दिनुभयो ।

गलैंचा बुनाई तामिमको समापनमा प्रशिक्षार्थीहरुले प्रशिक्षकलाई मायाको चिनाे ऊनबाट बुनेको राडी हस्तान्तरण गर्दै सम्मान गरेका थिए । ६० दिने गलैँचा बुनाई तालिममा मुख्य प्रशिक्षकमा सेराप बोम्जम र सहायक प्रशिक्षकमा चन्द्र दोर्जे वाइवा रहेको घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत मधुकर डांगीले बताउनु भयो । उहाँका अनुसार प्रशिक्षार्थीहरुको सीप परिक्षण आउदो महिनाको ८ गते गर्ने तयारी भएको छ ।

Facebook Comments