• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना भएको ५४ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । स्थापनाको दिवसको अवसरमा फुटवल प्रतियोगीता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगीता, हाजिरी जवाफ, बक्तित्वकला, व्याडमिटन , कुर्सी दौड, रक्तदान, बोरा दौड प्रतियोगीता कार्यक्रम गरिने भएको छ ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा आईतवार वसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रतियोगीता सञ्चालनका लागि मुल आयाजक समिति तथा विभिन्न उप समिती समेत गठन गरेको छ । जस अन्र्तगत वाणिज्य उपाध्यक्ष लिलाराम खड्काको संयोजकमा विकास वली, जगत आचार्य, माधव खनाल सदस्य रहने गरि मुल समिति गठन गरे छ । फुटवल प्रतियोगीता सञ्चालनका लागि विक्रम राणा, पुष्कर न्यौपाने, रुद्र शर्मा जैसी सदस्य रहेकोको उप समिती गठन गरेको छ ।

स्लो वाइक तथा स्कुटी प्रतियोगीताका लागि युवराज पन्त र लिला नेपालीसदस्य रहेको समिती गठन गरिएको छ । हाजिरी जवाफ प्रतियोगीताका लागि सुरज बुढाथोकी,
व्याडमिटन प्रतियोगीता सञ्चालनका लागि नोर्वु तामाङ, कुर्सीदौड प्रतियोगीताका निमबहादुर बुढाथोकी, रक्तदानका लागि दिपक पण्डित, दौडका लागि रामप्रसाद पोख्रेल र वोरा दौडका लागि विष्णु रिजाल रहेन गरि समिती गठन गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारि दिनु भयो ।

प्रतियोगीतामा सहभागिहुनका लागि नविकरण गरेको प्रमाण पत्रको फोटो कपी हुनु पर्नेसंघले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवस आउदो चैत ९ गते हुदैछ । संघ २०२७ सालमा स्थापना गरिएको हो ।

Facebook Comments