दाङ । दाङको लमही स्थित अर्जुनखोलामा पूर्ब-पश्चिम राजमार्ग बन्द गरिएको छ ।
सवारी दुर्घटनामा परि अटाे चालक लमही ७ कमानपुर निवासी ३५ बर्षिय विष्णु बहादुर थापाकाे मृत्यु भएपछि पिडित परिवारले राजमार्ग बन्द गरेको हो ।
२५ गते अर्जुनखोलामा ४ वटा सवारी साधान आपसमा ठोक्किएका थिए । महेन्द्रनगरबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बर को स्कारपियो र बिपरित दिशा बाट आउदै गरेको रा १ ह ६९१२ नम्बको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडी रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ नम्बरको स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको थियो । प्रहरीले चार वटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षिय दिनेशमान तामाङलाई नियन्त्रणमा लिएको थियो ।
दुर्घटनामा स्कुटी चालक लमही न.पा.७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्काको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको टाउँकोमा चोट छ । अन्य घाईते भने उपचार पश्चात् डिस्चार्ज भईसकेका छन् ।
पिडित परिवारले शब नबुझी सम्बन्धित गाडी धनी आएर स्पष्ट छलफल गर्नुपर्ने बताएका छन । मृतक थापाकि श्रीमती प्रिति थापा मगरले घटनास्थलमै आएर गाडी धनीले स्पष्ट छलफल गर्नुपर्ने बताईन। शशीमान गुमाएकी थापाले सरकारले पीडामा पीडा थप्नुको साटो स्पष्ट छलफल गराई पीडामा मल्लहम लगाउनुपर्ने बताइन् । मृतक थापाको न्युरो अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । शबलाई भेरी अञ्चल अस्पतालमा राखिएको छ । शबको पोष्टमार्टम गरिएको छैन् । स्वर्गीय बिष्णु र प्रितीको एक छोरा र एक छोरी छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।