• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि घाेराही प्याब्सनलाई 




दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा भएकाे अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि प्याब्सन घाेराहीकाे समूह `क´ले जितेकाे छ ।

प्याब्सन दाङकाे आयाेजनामा आज शनिबार दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा भएकाे प्रतियोगितामा  प्याब्सन घाेराहीकाे समूह `क´ ले उपाधि जितेकाे हाे ।

त्यस्तै प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह  `ख´  उप विजेता भएकाे छ । साथै प्रतियोगितामा  तुलसीपुर प्याब्सनकाे समूह `क´ तृतीय भएकाे थियाे ।

प्रतियोगितामा घाेराही प्याब्सनबाट २ , तुलसीपुर प्याब्सनबाट २ र नगर प्याब्सनबाट १ गरी ५ समूहकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रम प्याब्सन दाङका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलापका संयाेजक चक्रबहादुर रावतकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा जिल्ला अध्यक्ष मधुसुदन केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरूभएकाे कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

Facebook Comments