तुलसीपुर । राप्ती बबई क्याम्पस तुलसीपुर दाङका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको निधनप्रति राप्ती बबईमा क्रियाशील पाँच विद्यार्थी संगठनहरुले संयुक्त रूपमा शोक वक्तव्य जारी गरेका छन् ।
शुक्रबार साँझ तुलसीपुर -४ निवासी राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको असामयिक निधनले सम्पुर्ण विद्यार्थीलगायत क्याम्पसमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै, शनिबार पाँच विद्यार्थी संगठनका अध्यक्षहरुको हस्तान्तरणमा संयुक्त शोक वक्तव्य जारी गरेका हुन् ।
अनेरास्ववियुका अध्यक्ष प्रदिप बस्नेत नेविसंघक सभापति भिमार्जन बस्नेत अखिल (क्रान्तिकारी) का अध्यक्ष भद्र बहादुर खत्री (भुपेश) अनेरास्ववियू अध्यक्ष केशव पुन अखिल (समाजवादी) का अध्यक्ष के.बि सीको संयुक्त हस्ताक्षरको शोक वक्तव्यमा मृतक प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।