• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खुमबहादुर खड्का भलिबलको उपाधि शान्तिनगरलाई, उत्कृष्ट खेलाडी कमल सुनार




छबि पुरी
घोराही । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ ।

नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताकाे फाईनल खेलमा राप्ती गाउँपालिकालाई ३-१ काे सेटमा पराजित गर्दै उपाधि हात पारेकाे हाे ।
प्रतियोगिताकाे तेश्राे साविक विजेता घाेराही हुँदा सान्त्वना बंगलाचुली भएको छ ।

घाेराही १५ जिल्ला समन्वय समितिकाे परिसरमा रहेकाे सहिद मञ्चमा हजाराैँ दर्शकहरुकाे उपस्थितिमा भएको उपाधि भिडन्तमा शान्तिनगरले २५-२०, २२-२५, २६-२४, २५-१८ काे सेटमा राप्तीलाई पराजित गरेकाे हाे ।

शान्तिनगरले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
यसैगरी द्वितीय हुने टिम राप्तीले पनि नगद १ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

फाईनल खेल हुनुअघि तेश्राे स्थानका लागि भएको प्रतियोगितामा घाेराहीले बंगलाचुलीलाई ३-२ काे सेटमा हरायाे । कडा प्रतिष्पर्धा भएको खेलमा घाेराहीले २५-४,२२-२५,२५-१८, १७-२५ र १५-९ काे सेटमा हराउँदै नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको टिमले पनि २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

यसअघि अाजै बिहान भएको दाेश्राे सेमिफाइनलमा राप्तीले घाेराहीलाई २५-२२, २५-२० र २६-२४ काे साेझाे सेटमा पराजित गरेर फाईनलमा पुगेको थियाे ।

यसैबीच, प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडीका रुपमा शान्तिनगरका कमल सुनार हुनुभएको छ ।
लुम्बिनी प्रदेश भलिबल टिमकाे खेलाडीसमेत रहनु भएका सुनारले टिमलाई फाईनलसम्म पुर्याउन र उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेल्नुभयाे ।
फाईनल खेलकाे प्लेयर अफ द म्याच पनि कमल सुनार हुनुभयो । यसैगरी, उत्कृष्ट स्पाईकर घाेराहीका सुरेन्द्र केसी, उत्कृष्ट डिफेन्डर शान्तिनगरका मिलन पुन, उत्कृष्ट सर्भर राप्तीका विकास गिरी, उत्कृष्ट ब्लकर राप्तीका चिरन खड्का, उत्कृष्ट सेटर शान्तिनगरका मिलन घर्ती मगर हुँदा उत्कृष्ट काेच शान्तिनगरका मिनबहादुर घिमिरे हुनुभएकाे नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयाेजक राजु अाचार्यले जानकारी दिनुभयो ।

फागुन २० गतेदेखि भएको प्रतियोगितामा कुल २० खेल भए । लिगकम नकआउटका आधारमा भएको प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको रहेकाे अायाेजककाे दावी छ ।
दाङका गढवा बाहेक अरु सबै पालिकाकाे सहभागितामा भएको प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगिताका माध्यमबाट भलिबल खेलकाे विकाससँगै स्थानीय स्तरमा खेल प्रवर्द्धन गर्ने उद्देश्य सहित स्वर्गीय नेता खड्काकाे सम्झनामा हरेक वर्ष प्रतियोगिता अायाेजना गर्दै अाएकाे छ । नेपालकाे राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रुपमा छवि बनाएका स्वर्गीय नेता खड्काकाे २०७५ चैत १६ गते उपचारकम क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियाे ।
यसअघि पहिलाे संस्करण तुलसीपुर, दाेश्राे संस्करण घाेराहीले जितेको थियाे ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीकाे सभाअध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालकाे प्रमुख अातिथ्य एवम् प्रदेश सभा सदस्य अनुराग खड्काकाे विशिष्ट अातिथ्यमा पुरस्कार वितरण गरिएको थियाे ।
साे अवसरमा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, जिल्ला कार्यसमिति, शुभेच्छुकलगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण नेपाली कांग्रेस जिल्ला सचिव बालिका लम्सालले गर्नुभएको थियाे ।

Facebook Comments