• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिताको उपाधिका लागि शान्तिनगर र राप्तीको भिड्ने




दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि शान्तिनगर  र राप्ती भिड्ने भएको छन ।

प्रतियोगिताको अन्तर्गत  आज भएको दोस्रो  सेमिफाइनल खेलमा घोराहीलाई  २५—२२,२५—२०, र २५—१४ को सेटमा पराजित गर्दै  पराजित गर्दै उपाधिका लागि शान्तीनगर संग भिड्ने भएको छ ।

शान्तिनगर हिजोनै बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै  फाइनलमा प्रवेश गरेको थियो ।

आज अर्थात २५ गते दिउँसो २ बजे देखि फाइनल खेल हुने र अहिले तृतीय स्थानका लागि घोराही र बंगलाचुली बिच खेल जारी रहेको प्रतियोगिता आयोजक समिती संयोजक राजु आचार्यले जानकारी दिनु भएको छ ।

२१ गते देखि सुरु भएको प्रतियोगितामा दाङ जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको थियो । लिगकम नकआउटका आधारमा भएको खेलमा प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Facebook Comments