दाङ । घोराहीमा जारी तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि शान्तिनगर र राप्ती भिड्ने भएको छन ।
प्रतियोगिताको अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा घोराहीलाई २५—२२,२५—२०, र २५—१४ को सेटमा पराजित गर्दै पराजित गर्दै उपाधिका लागि शान्तीनगर संग भिड्ने भएको छ ।
शान्तिनगर हिजोनै बंगलाचुलीलाइ २५—१४,२५—१५, र २५—१४ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
आज अर्थात २५ गते दिउँसो २ बजे देखि फाइनल खेल हुने र अहिले तृतीय स्थानका लागि घोराही र बंगलाचुली बिच खेल जारी रहेको प्रतियोगिता आयोजक समिती संयोजक राजु आचार्यले जानकारी दिनु भएको छ ।
२१ गते देखि सुरु भएको प्रतियोगितामा दाङ जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको थियो । लिगकम नकआउटका आधारमा भएको खेलमा प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।