घोराही । महाशिबरात्री पर्वको पूर्वसन्ध्यामा प्रशिद्ध धार्मीक स्थल पाण्डवेश्वर मन्दिर धारापानीमा दीप प्रज्ज्वलन गरिएको छ । धारपानी मन्दिर व्यवस्थापन समिति र भरोसा कोष दाङको संयुक्त आयोजनामा धारापानी मन्दिर परिसरमा एक सय ८ दिप प्रज्ज्वलन गरिएको हो ।
धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि सबैको कल्याण र सुख शान्तिको प्राथना गर्दै दिप प्रज्ज्वलन गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले एकता, अनुशासन, मेलमिलाप, विकास र संबृद्धीको आधारकारुपमा पाण्डवेश्वर मन्दिर धारापानी रहेको बताउनुभयो । दिन प्रतिदिन चर्चा र भक्तजन एवं पर्यटकहरुको संख्यामा बृद्धी आईरहेको भन्दै उहाँले यस धामलाई आर्थिक विकासको आधारकारुपमा छनौट गरेको बताउनुभयो । मन्दिरका कारण त्यस क्षेत्रमा साना होटल तथा पसल व्यवसाय फष्टाउदै गएको, बाहिरी जिल्लाबाट आउने पर्यटक र भक्तजनहरुको उपस्थितीले बजारको समेत व्यवसायमा बृद्धि गर्ने आधार मन्दिर भएको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका सदस्य विवेक श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब विष्णुराम आचार्यले गर्नुभएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले सबै क्षेत्रको सहयोगमा पाण्डवेश्वर मन्दिरलाई चर्चा र सबैको आस्थाको धरोहर बनाउन सफल भएको बताउनुभयो । प्रत्येक बर्षको शिबरात्री पर्वका अबसरमा यस बर्षको फागुन २५ गते अर्थात आज शुक्रबार मन्दिरमा भव्य मेला लाग्दै छ । मेलाको सबै तयारी पुराभएको समितिले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।