दाङ । घोराहीमा दुई जना महिला मिलेर सुबिधा सप्पन्न ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सन्चालनमा लिएका छन ।
घोराही उपमहानगरपालिकामा -१५ दिपशिखा रोडमा गोमा कवर र सुनिता वलीको संयुक्त १२ लाखकाे लगानीमा ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर आज बिहिवार देखी सन्चालनमा लिएका हुन ।
स्वदेशी श्रममा अधुनिक प्राविधिकबाट सेवा ग्राहिलाई सेवा प्रदान गर्ने ड्रिम ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका संचालिका गोमा कवरले जानकारी दिनुभएको हाे।
नयाँ प्रविधिबाट संचालनमा आएको हुँदा घोराही लगायत दाङ आसपास क्षेत्रका दिदि बहिनी एक पल्ट सेवाको मौका दिन हुन आग्रह समेत गरेका छिन् ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।