• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यूरेस माण्डवी माविले मनायो ५९ औं सर्कल स्थापना दिवस




प्यूठान । जुनियर तथा यूवा रेडक्रस सर्कल माण्डवी मावि प्यूठानले जु/युरेस स्थापना दिवसको अवसरमा प्राथमिक उपचार विषयमा विद्यार्थी सचेतना कार्यक्रम आज सम्पन्न गरेको छ ।

युरेस उपाध्यक्ष विद्यार्थी फनि केसीकाे अध्यक्षता, विद्यालयका प्रअ एवं रेडक्रस संरक्षक मेघराज पाैडेलकाे प्रमुख आतिथ्यता साथै उक्त कार्यक्रममा माण्डवी गापा स्काउट आयुक्त शिवराज पण्डित र साेहि विद्यालयका अतिरिक्त क्रियाकलाप संयाेजक नन्दलाल भण्डारी बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।

जाँ हेनरी ड्यूनाको तस्बिरमा माल्यार्पण, पुष्पागुच्छा अर्पण गर्दै सुरू भएकोमा कार्यक्रममा रेडक्रसकाे महिमा र रेडक्रसका आधारभूत सात सिद्धान्त बारे विशेष चर्चा गरिएको थियाे ।

रेडक्रस शिक्षक नायक पवन पाेख्रेलले प्राथमिक उपचार र त्यसकाे उदेश्य , आपतकालीन अवस्थामा स्वयंसेवकले निभाउनुपर्ने भुमिका , प्राथमिक उपचारमा नभईनहुने अत्यावश्यक सामग्री, पुर्व सावधानी जस्ता विषयहरूमा प्रस्ट पार्नुभएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूलाई विविध जानकारीमुलक पुस्तिका, आपतकालीन अवस्थामा के गर्ने भन्नेबारे, श्रब्यदृश्य मार्फत विभिन्न प्राथमिक उपचार गर्ने तरिकाहरू सिकाईएकाे थियाे । माण्डवी माविमा अध्ययनरत करिब १०० विद्यार्थी भाईवहिनीकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन शिक्षक अमर आचार्यले गर्नुभएको थियाे ।

Facebook Comments