घोराही । स्वर्गद्वारी गुठी पीडित मोहि किसानले आफ्नो मोहियान हक अधिकारको माग राख्दै फागुन ८ गतेदेखि सुरु गरेको धर्ना कार्यक्रम स्वरुप परिवर्तन गरेका छन् । पीडित किसानको हक अधिकारको सुनिश्चिचता सरकारले गरेको बार्ता समिति गठन पश्चात्त सरकारको फेरबदलका कारण आन्दोलनर मोहि पीडित किसानहरुले आन्दोलन जारी राख्दै स्वरुप परिवर्तन गरेका छन् । स्वर्गद्धारी गुठि पीडित मोहि किसान संघर्ष समिति प्रेस बिज्ञप्ती जारी गर्दै समितिले यस्तो जानकारी दिएको हो ।
फागुन ८ गतेदेखि चौबिस घण्टे धर्ना कार्यक्रम राख्दै आइरहेको आन्दोलनरत मोहि पीडित किसानहरुले सोमवारदेखि दिवाकालिन धर्ना मात्रै जारी राख्ने जनाएका छन् । १४दिनदेखि रात्रि र दिवाकालिन धर्नामा बस्दै आइरहेका मोहि पिडित किसानले सोमवारदेखि दिवाकालिन धर्नालाई जारी राख्ने जनाएको छ ।
प्रेस बिज्ञप्ती मार्फत मोहि पीडित किसानहरुले माग पुरा नहुुदासम्म धर्ना कार्यक्रमलाई नियमित राख्ने , जिल्लाका प्रमुख राजनीतिक तथा सरोकारवाला पक्षहरु सामूहिक छलफल गर्ने , प्रत्येक मौजाका आन्दोलनको अवस्था र योजना बारे छलफल गर्ने र आगामी चैत १ गतेदेखि नयाँ संघर्षका कार्यक्रम घोषणा गर्ने विज्ञप्ती मार्फत जनाएको छ । साथै विज्ञप्ती मार्फत आन्दोलनरत १२ वटै मौजाका किसानहरुलाई संघर्ष समितिले धन्यावाद सहित आन्दोलनको लागि आगामी योजनामा लाग्न समेत मोहि पीडित किसानहरुलाई आग्रह गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।