• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा किसानलाई निःशुल्क तरकारी बिउ वितरण




दाङ । राजपुर गाउँपालिकाले कृषकलाई तरकारीमा आत्मनिर्भर बनाउने  उदेश्यले बेमौसमी तरकारीको  बिउ वितरण गरेको छ।

कृषकहरूको मागका आधारमा पालिकाको कृषि शाखाले नि:शुल्क रुपमा भिन्डी, करेला , बोडी, सिमी, काक्रालगायतका तरकारीका बिउ वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख रिता भण्डारीले बताइन ।  पालिकाले वडा नम्बर १ , २ र ५ गरि प्रत्येक वडामा १३५ जनाका दरले ४०५ जना तरकारी कृषकहरुलाई उन्नत जातको बीउ बितरण गरेको हो ।

बिउ वितरण गर्दै राजपुर गाउपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई गाउपालिकाले सहयोग गर्ने बताउँदै उत्पादन वृद्धि गर्न र कृषकहरूलाई व्यवसायिक बन्न आग्रह गरे ।

गाउपालिकाकि उपाध्यक्ष  धनपतीदेबि यादबले पालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गरिन्। स्थानीय रुपमा उत्पादन भएका तरकारीको बजारीकरणका लागि प्रत्येक हप्ताको शुक्रबारका दिन पालिकाले सबै वडालाई पायक पर्ने गरि वडा नम्बर ५ को जङ्रहवामा  हाटबजार समेत संचालन गर्दै आएको छ ।

Facebook Comments