• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी




देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं.१ र पुरुष तर्फ वडा नं.२ विजयी भएका छन्।

राप्ती गाउँपालिका वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेलमैदान आइतबार सम्पन्न फाइनल खेलमा महिला तर्फ वडा नं.१ ले वडा नं.३ लाई ३-१ काे गाेल अन्तरले हराउँदै विजयी भएको हाे।

त्यस्तै पुरुष तर्फ वडा नं.२ ले वडा नं.१ लाई ६-० काे फराकिलो गाेल अन्तरले हराउँदै विजयी भएको हाे।

पुरुष तर्फकाे खेलमा वडा नं.१ उपविजेता भएको छ ।भने महिला तर्फकाे खेलमा वडा नं.३ उपविजेता भएको छ।

यसैगरी महिलाहरुकाे खेल तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं.१ कि मनिषा कुमाल उत्कृष्ट खेलाडीकाे रुपमा र खेल अवधिभर सबै भन्दा धेरै ३ गाेल गरेकाे भन्दै वडा नं.३ कि बिहानी पुन मगरलाई उत्कृष्ट गाेलकर्ताकाे रुपमा सम्मान गरिएको छ।

त्यस्तै पुरुषहरुकाे खेल तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं.२ का अमित चाैधरी उत्कृष्ट खेलाडीकाे रुपमा र खेल अवधिभर सबै भन्दा धेरै ६ गाेल गरेकाे भन्दै वडा नं.१ का प्रदिप सुनारलाई उत्कृष्ट गाेलकर्ताकाे रुपमा सम्मान गरिएको छ।

प्रतियोगिताका बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप विजेता टिमले ३०/३० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

विजेता खेलाडीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट ,उपाध्यक्ष कमलापती चाैधरी तथा वडा अध्यक्षहरुले हार्दिक बधाई दिदै नगदसहित कप, मेडल तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका महिला र पुरुष गरि १६ टिमकाे सहभागीता रहेको थियो ।

प्रतियोगिता गत १८ गते शुक्रबारदेखि सुरु भई २० गते आइतबार सम्पन्न भएको हाे।

Facebook Comments