• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु




घोराही । घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भलिबल खेलकुदको विकासका लागि दाङ कांग्रेसले थालनी गरेको प्रयास सराहनीय भएको भन्दै प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको विकासका लागि भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यसँगै अनुसाशनका दृष्टिले महत्वपूर्ण खेलकुदबाट राजनीतिमा लगेका नेताहरुले सहयोग र समन्वय सिक्न सकेत राजनीतिक रुपमा सफल भइने बताउनुभयो । साथै मुख्यमन्त्री चौधरीले विकासप्रेमी नेताका रुपमा रहनुभएका खुमबहादुर खड्काको स्मृतिमा भएको प्रतियोगितालाई अझै व्यवस्थीत बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । जिल्ला उपसभापति कमानसिंङ भारतीको स्वागत मन्तव्यवाट सुरुभएको प्रतियोगिताका बारेमा संयोजक राजु आचार्यले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गरेकी थिइन ।

बगलाचुली र घोराहीको बिजयी सुरुवात

खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिकाले बिजयी सुरुवात गरेको हो । वेष्ट अफ थ्रीको सेटमा भएको खेलमा लगातर १९–२५ र २४–२६ को सेटमा बंगलाचुली बिजयी भएको हो ।

त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका बिजयी भएको छ । घोराहीले शान्तिनगरलाई २–१ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । कडा प्रतिष्पर्धात्मक भएको खेलमा घोराहीको टिम २३–२५, २५–१४ र ११–१५ को सेटमा बिजयी हुन सफल भएको थियो ।

प्रतियोगिताअन्तर्गत सोमवार चार वटा खेल हुनेछन । जसमा बिहान साढे सात बजे बबई गाउँपालिका र दंगीशरण गाउँपालिका, साढे ८ बजे राजपुर गाउँपालिका र लमही नगरपालिका, दिउँसो साढे २ बजे बबई गाउँपालिका र राप्ती गाउँपालिका, साढे ३ बजे लमही नगरपालिका र घोराही उपमहानगरपालिकाबीच खेल हुने भएको छ । आइतवारदेखि शुरु भएको प्रतियोगिता फागुनको २५ गतेसम्म सञ्चालन हुनेछ । घोराही समन्वय समितिअन्तर्गत रहेको सहिद मन्चमा भईरहेको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृयिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।

Facebook Comments