• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
१३ देशका कलाकार प्रस्तुति हेर्न टिकट मुल्य  मात्र एक सय रुपैया




दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजना रहेको १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा भोलि २१ गते सोमबार नेपाल सहित १३ देशको कलाकारको प्रस्तुति हुने महोत्सवको टिकट शुल्क एक सय रुपैया मात्र रहेको आयोजकले जानकारी दिएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ  १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा विद्यार्थीलाई ८० रुपैया र जेष्ठ नागरिक, अपांगलाई निशुल्क समेत रहेको  टिकट व्यवस्थापन समितिको संयोजक विकास वली जानकारी दिनु भयो  ।

नेपाल सहित भारत, जर्मन, अस्टे्रलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती रहेन छ ।

Facebook Comments