• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लोकसाँस्कृतिक महोत्सवमा आज प्रकाश सपुतसहितका कलाकारको प्रस्तुति रहने




दाङ ।  १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा   आज आइतबार चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतसहितका कलाकारको प्रस्तुति रहनेछ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनाना १८ देखि सुरु भएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा गलबन्दी च्यातियो, बोल माया, लैबालै फररर, मेरो पनि हैन र यो देश, नौरङ्गीसपथ, पीर, , मुटु कटक्कै सकम्बरीजस्ता थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरूबाट चर्चाको शिखर चुमेका गायक प्रकाश सपूत, हास्यकलाकार कमल गाउँले, गायिका सविना थापा, मोडेल सुनिता दान्कुटी र डान्सर सुरक्षा मगरलगाएतको विशेष प्रस्तुती रहने सांस्कृतिक समितिका संयोजक पुष्करराज न्यौपानेले जानकारी दिएका छन् ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’  भन्ने मुलनाराका साथ घोराही १५ कृषि सामाग्री संस्थानमा ४ दिने चल्ने महोत्सवमा २१ गते १३ देशका कलाकारको विशेष प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक एंब दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनु भयो  ।

महोत्सव अबधि भर टिकट शुल्क एक सय रुपैया , बिद्यार्थीलाई असी रुपैया र जेष्ठ नागरिक , अपांगलाई निशुल्क समेत रहेको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments