• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लोकसाँस्कृतिक महोत्सवमा आज आस्था राउतसहितका कलाकारको प्रस्तुति रहने




दाङ ।  १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा   शनिबार चर्चित गायीका आस्था राउतसहितका कलाकारको प्रस्तुति रहनेछ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनाना हिजो देखि सुरु भएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा द भ्वाइस अफ नेपालको जर्ज समेत रहनु भएकालेे चर्चित,  सुन्दर अनि जादुमय आवाजकी धनी गायिका अस्मिता , युवा पुस्तामा निकै रुचाईएका अर्का गायक नरेश खाती , गायक  चन्द्र शर्मा , गायिका  अनु अधिकारी, डान्सर केपिना गोतामे , सलिना थापा लगाएतको विशेष प्रस्तुती रहने सांस्कृतिक समितिका संयोजक पुष्करराज न्यौपानेले जानकारी दिएका छन् ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’  भन्ने मुलनाराका साथ घोराही १५ कृषि सामाग्री संस्थानमा ४ दिने चल्ने महोत्सवमा २१ गते १३ देशका कलाकारको विशेष प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक एंब दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनु भयो  ।

Facebook Comments