• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिकोणात्मक टी–२० सिरिज : नेपालले आज नेदरल्यान्डसँग खेल्दै




काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दैछ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित काठमाडौँमा जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।

नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ ।  नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिएको थियो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए ।  यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको हो ।

Facebook Comments