• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न




तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा प्रतियोगिताकाे उद्घाटन गरिएको हाे।

खेलकुद प्रतियोगिताकाे उद्घाटन गर्दै प्रदेश सभा सदस्य थारुले व्यवस्था परिवर्तन गर्न खेल क्षेत्रकाे महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। त्यस्तै उहाँले राज्यले खेल क्षेत्रको बृहत विकासका लागि वातावरण बनाउँदै लगेको हुँदा यसको लाभ लिन सक्ने गरि खेल क्षेत्रमा लाग्न खेलाडी तथा नयाँ पुस्तालाई आग्रह गर्नु भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतिष्पर्धाले मानव जिवनलाई गतिशील बनाउने हुँदा खेलमा अनुशासन अति आवश्यक रहेको बताउनुभयो ।
खेलमा सफलता प्राप्त गर्न एक्लै सम्भव नहुने हुँदा सामुहिकताका माध्यमबाट सहकार्य गरी अघि बढ्नु नै सफलताको आधार रहेको अध्यक्ष विष्टको भनाई थियो ।

त्यस्तै उहाँले यस वर्ष बजेट अभावका कारण अन्य खेलहरुलाई समावेश गर्न नसकिएको बताउदै आगामी वर्षमा सबै खेललाई समेटेर लैजाने बताउनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले स्थानीय स्तरबाट शुरु गरिएको खेलबाट पालिका हुँदै जिल्ला प्रदेश र देशको प्रतिनिधित्व कायम गर्न सक्ने गरी खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई हौसला प्रदान गर्नुभयो ।

सो अवसरमा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीयाका प्रमुख बिक्रान्त ज्ञवाली,नेपाली काङ्ग्रेसका राप्ती गाउँपालिका सभापति विद्याशरण चाैधरी,नेकपा एमाले राप्ती गाउँ कमिटीका अध्यक्ष मदन अधिकारी ,नेकपा माओवादी केन्द्रका नारायण शर्मा ,नेकपा एकीकृत समाजवादी पार्टीका शिशिर पुन,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि राजकुमार आचार्य,राष्ट्रिय जनमाेर्चाका गिर बहादुर पाैडेल ,ईन्देणी युव क्लबका अध्यक्ष भिम बहादुर मरासिनी ,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन समारोह कार्यक्रमकाे सहजीकरण शिक्षा अधिकृत बासुदेव खनालले गर्नुभएको थियो ।

यसैबीच शुक्रबार महिला तर्फका ४ र पुरुष तर्फका ४ खेल गरि ८ खेल सम्पन्न भएको छ। पुरुष तर्फ वडा नं.२ र वडा नं.७ बीच भएको खेलमा वडा नं.२ विजयी भएको छ ।

वडा नं.२ ले वडा नं.७ लाई ३-० को फराकिलो गाेल अन्तरले हराएको हो । त्यस्तै वडा नं.३ र वडा नं.४ बीच भएको खेलमा वडा नं.४ विजयी भएको छ । निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसके पछि पेनाल्टी सुट आउट मार्फत वडा नं.४ ले वडा नं.३ लाई ४-२ को गाेल अन्तरले हराएको हो ।

पुरुष तर्फकै वडा नं.५ र वडा नं.६ बीच भएको खेलमा वडा नं.६ विजयी भएको छ । वडा नं.६ ले वडा नं.५ लाई १-० को गाेल अन्तरले हराएको हो ।

त्यस्तै वडा नं.१ र वडा नं.८ बीच भएको खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं. १ ले वडा नं.८ लाई ८-० को फराकिलो गाेल अन्तरले हराएको हो ।

महिला तर्फ वडा नं.५ र वडा नं.७ बीच भएको खेलमा वडा नं.७ विजयी भएको छ । वडा नं. ७ ले वडा नं.५ लाई ३-० को फराकिलो गाेल अन्तरले हराएको हो ।

त्यस्तै वडा नं.३ र वडा नं.६ बीच भएको खेलमा वडा नं.३ विजयी भएको छ । वडा नं.३ ले वडा नं.६ लाई १-० को गाेलकाे अन्तरले हराएको हो ।

महिला तर्फकै वडा नं.१ र वडा नं.२ बीच भएको खेलमा वडा नं.१ विजयी भएको छ । निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसके पछि पेनाल्टी सुट आउट मार्फत वडा नं.१ ले वडा नं.२ लाई ४-१ को फराकिलो गाेल अन्तरले हराएको हो।

त्यस्तै वडा नं.४ र वडा नं.८ बीच भएको खेलमा वडा नं.४ विजयी भएको छ । वडा नं.४ ले वडा नं.८ लाई १-० गाेलको अन्तरले हराएको हो ।

खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान ७ बजे देखि जनप्रतिनिधि र कर्मचारीहरु बीच खेल हुनेछ भने दिउसो १ बजेदेखि सेमिफाइनलका खेलहरु हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिनुभयो।

प्रतियोगितामा राप्ती गाउँपालिका अन्तर्गतका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहेको छ। खेल फिफाकाे नियम अनुसार नकाआटकाे आधारमा खेलाइएको छ।

पुरुषहरुकाे खेल वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा सञ्चालन भएको छ भने महिलाहरुकाे खेल वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा सञ्चालन भएको छ।

प्रतियोगिताकाे बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप विजेताले ३०/३० हजार नगद पुरस्कार पाउने संयाेजक अधिकारीले जानकारी दिनुभयो । खेल आगामी २० गतेसम्म सञ्चालन हुनेछ।

 

Facebook Comments