घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङ घोराही – १३ नम्बर वडाको भेला सम्पन्न भएको छ । बिहीबार घोराही सम्पन्न भएको उक्त भेलाले सन्तोष चौधरीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षमा रामप्रसाद चौधरी, सचिबमा अनिल चौधरी र कोषाध्यक्षमा वुद्दिराम चौधरी चयन भएका छन् भने सदस्यहरुमा सन्तोष लिम्बू लिवाङ, बाबुराम चौधरी, सुमन चौधरी, सुशील चौधरी, सुनिल चौधरी, निरज चौधरी लगायत चयन भएका हुन् ।
कमरा सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका कार्यालय सचिब महान प्रमुख प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सी, सचिव मनोज सी, जिल्ला सदस्य समीर सीको विशेष उपस्थिति रहेको थियो ।
संगठनका सदस्य समीर सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका कार्यालय सचिब महान सी, युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संगठनका सचिब मनोज सीले कार्यक्रममा पेश गरेको प्यालन प्रस्ताव सर्वसम्मत पास भएको थियो ।कार्यक्रमको सहजीकरण संगठनका सह- सचिब विजय सीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।