अङ्कित आचार्य
तुलसीपुर । दाङको तुलीपुर- २ बालापुरमा रहेको जनप्रिय इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेकाे “परिवर्तन आफैबाट सुरु गराै” नामक सडक नाटक आज बबई गाउँपालिकाकाे मूख्य व्यापारिक केन्द्र पश्चिम दाङकाे मुटु हापुरे बजारमा मञ्चन गरिएको छ।
जनप्रिय बाल क्लबका अध्यक्ष अनन्त गिरीकाे सभापतित्व एवम् बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर केसीकाे प्रमुख आतिथ्यता साथै इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख भीम बहादुर सुनारकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे। कार्यक्रम सयाैंका सङ्ख्यामा दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुल बहादुर के सीले नाटकले सम्पूर्ण वर्तमान नेपाली परिवेशलाई छाेएकाले समय सान्दर्भिक नाटक देखाउने कलाकारकाे मुक्तकण्ठले प्रशंसा गर्नुभयाे। साथै आजकाे नाटकले आफू लगायत धेरै दर्शकलाई भावुक वनाएकाे कुरा राख्नुभयाे।
समाज परिवर्तन लागि नाटक निकै सशक्त भएकाले कलाकारहरुलाई प्रेरणा र हाैसला थप्दै अरु ठाउँमा पनि देखाउनकाे लागि अाग्रह गर्नुभएकाे थियाे। करिक १ घन्टा सम्म चलेकाे कार्यक्रम शिक्षक नवीन कुमार शर्माकाे स्वागत मन्तव्यबाट सुरु गरिएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण नाटक निर्देशक एवम् शिक्षक बासुदेव अाचार्यले गर्नुभएकाे थियाे।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।