• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदै




तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ ।

खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिनुभयो ।

खेल फिफाकाे नियम अनुसार खेलाइने बताइएको छ।

पुरुषहरुकाे खेल वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने छ भने महिलाहरुकाे खेल वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा हुने छ।

प्रतियोगिताकाे बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप विजेताले ३०/३० हजार नगद पुरस्कार पाउने संयाेजक अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार हुने खेलकुद प्रतियोगिताकाे उद्घाटन खेल पुरुष तर्फ वडा नं.२ र ७ बीच हुने भएको छ भने महिला तर्फ वडा नं.५ र ७ बीच हुने बताइएको छ। खेल आगामी २० गते सम्म सञ्चालन हुने छ।

Facebook Comments