• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय महोत्सवको टिकट शुल्क एक सय




दाङ। ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ भोलि १८ गते देखी  २१ गतेसम्म हुने १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको टिकट मुल्य शुल्क एक सय रुपैया रहेको टिकट व्यवस्थापन समितिको संयोजक विकास वलीले जानकारी दिनु भयो  ।

२१ गते नेपाल सहित १३ देशका कलाकारका प्रस्तुति हुने दिन भिआइपी  टिकटको पनि व्यवस्था रहेको समेत संयोजक वलीले जानकारी दिनु भयो । उक्त भिआइपी टिकट शुल्क पाँच सय लाग्ने र कुर्सीमा बसेर हेर्न मिल्ने समेत बताउनु भयो ।

साथै जेष्ठ नागरिक, अपांगलाई निशुल्क र विद्यार्थीलाई ८० रुपैया व्यवस्था गरिएको छ ।

महोत्सवमा १८ गते दाङ झल्किने झाक्री, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते  रास्ट्रीयस्तरमा चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ ।

Facebook Comments