• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी ९० प्रतिशत




दाङ । घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी ९० प्रतिशत पुरा भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ घोराहीमा यही फागुन १८ देखी २१ गतेसम्म हुने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी ९० प्रसतशत पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

महोत्सवकालागी गठन भएका विभिन्न समिति उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरेको र भौतिक निर्माणको तयारी ९० प्रतिशत पुरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो । महोत्सवकालागी आवश्यक भौतिक पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको जोशीले जानकारी दिनुभयो ।

महोत्सवक सञ्चालन हुने घोराहीको कृषी सामाग्री केन्द्रको प्राङ्गण (जिल्ला अदालतको पश्चिमतर्फ) मा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको, दाङ आउने कलाकारहरुलाई आवाश तथा भोजनकालागी व्यवस्थापन पुरा गरिएको, शोभायात्राकालागी सम्पूर्ण व्यवसायिक संघसंस्था, सामाजिक संघसस्थाहरुलाई पत्राचार गरिसकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकी सहित शोभायात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । यस्तै फागुन २१ गते नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।

१२औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी वि.स २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृति महोत्सव आयोजना गरेको थियो ।

शोभायात्राकालागी रुट निर्धारण
महोत्सवको पहिलो दिन उद्घाटनपूर्व हुने शोभायात्राकालागी रुट निर्धाराण गरिएको छ । ट्राफिक चोकबाट सुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुदै महोत्सव स्थलमा पुग्ने शोभायात्रा आयोजक मूल समितिका सह–संयोजक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले सम्पूर्ण दाङबासीहरुमा शोभायात्रामा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

Facebook Comments