• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनज्योतिमा विद्यालय व्यवस्थापन समिति चयन




श्रवण कुमार यादव
दाङ । दाङको राजपुर गाउँपालिका-२ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति चयन भएका छन् ।

पृथक ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल दाङ जिल्लामै एक एतिहासिक रूपले अगाडी बढिरहेको जनज्योति माध्यमिक विद्यालयमा सोमबार भएको तेस्रो पटकको अभिभावकहरुको भेलाबाट सर्वसहमत रूपमा विद्यालय व्यवस्थापन समिति छनौट भएका हुन् ।

निवर्तमान विव्यस अध्यक्ष अमर राज गिरीको अध्यक्षता
भएको अभिभावक भेलाले व्यवस्थापन समितिको सदस्यमा अमर राज गिरी, नान्हु यादव, बेवरी सुनार र सीमा चौधरीलाई चयन गरेको हो ।

विव्यसमा चयन भएका ४ जना सदस्यहरू मध्यबाट नै पछि अध्यक्ष मनोनीत गरिने विद्यालयले जनाएको छ ।

कक्षा १ देखि १२ सम्म पढाई संचालन हुने उक्त विद्यालयमा करिब साढे एघरा सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Facebook Comments