घोराही । जनकल्याण माध्यमिक विद्यालय दुधरासले साेमबार आफ्नाे ७२ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुसारीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथ्यतामा मनाएकाे हाे ।
प्रमुख अतिथि अर्थमन्त्री मास्कीले शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयहरू शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्ने बताउनुभयाे । समुदाय र राज्य स्वामित्व ग्रहण गरेकाे सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरकाे अवस्था अझै सन्ताेषजनक अवस्थामा नपुगेकाले प्रविधि विकास र सीपमा आधारित शैक्षिक विकासकाे सुधार गर्दै लैजानु पर्ने बताउनुभयाे । जसका लागि राज्यले हरथाेक गर्न तयार रहेकाे विश्वास व्यक्त गर्नुभयाे ।
वार्षिकोत्सबको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।
कार्यक्रमलाई सब्य, भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले आ- आफ्नो संस्कृति झल्कने खालका नृत्यहरु प्रस्तुत गरेका थिए ।
विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष मधुकर धितालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण पुनले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।