• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल १९ फागुनमा हुने




दाङ । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् ।

सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यहीँ फागुन १९ गते समापन हुदैँछ ।

पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय विसजना छनोट भइ फाइनलमा पन्ध्रजना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के मौर्या र सबिना ठकुरी रहने छन् ।

फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा फागुन १९ गते शनिवार हुने भएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको डि–टु कला केन्द्रका निर्देशक बर्माले जानकारी दिनु भयो । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने उहाँले बताउनुभयो।

यस्तै फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद  पचाँस हजार, दितृय प्रतियोगीलाई नगद तिस हजार र तृतिय प्रतियोगीलाई नगद बीस हजार पुरस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिनुभयो।

Facebook Comments