• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ क्रिकेट लिग–२ को ट्रफी सार्वजनिक




दाङ। दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता नेपाल टेलिकम दाङ क्रिकेट लिग सिजन–२को ट्रफी र टिम क्याप्टेन आइतबार दाङ क्रिकेट संघले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
जस्मा घोराही टाईगर्सको सुशान्त सिंह थापा देउखुरी वारियर्सको विशाल बिक्रम केसि, पुरन्धारा च्यालेन्जर्सको मोहन खत्री तुलसीपुर रोयल्सको दिवान पुन र दंगाली लायन्सको बिपिन खत्री टिमका कप्तान रहेका छन् ।
उद्घाटन

 

प्रतियोगिताको उद्घाटन भोलि सोमबार बिहान ९ बजे लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री राजु खनाले गर्ने दाङ क्रिकेट संघका सचीव सन्जु केसिले बताउनु भयो । उद्घाटन खेल साविक विजेता घोराही टाईगर्स र दंगाली लायन्स बीच हुने छ । सम्पूर्ण फ्रेन्चाईज क्लबले एक अर्का संग खेल्ने छन जस्मा शीर्ष २ क्लव उपाधिका लागि फागुन १९ गते भिड्ने दाङ क्रिकेट संघका सचीव सन्जु केसिले जानकारी दिनु भयो ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

Facebook Comments