• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डिसिएल–२ खेलाडी र अफिसियलको चार करोडको बीमा




छबि पुरी
घोराही । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलहरुको जोखिम सुरक्षाका लागि चार करोडको बीमा गरिएको छ ।

प्रदेशकै ठूलो प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी र अफिसियलहरुको जोखिम तथा चोटपटकको सुरक्षालाई ध्यानमा राखेर शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड घोराही शाखासँगको सहकार्यमा ४ करोड रुपैयाँ बराबरको बीमा कम्पनीको तर्फबाट गरिएको हो ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भोलि फागुन १४ गतेदेखि घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ हुन लागेको छ । आईतबार आयोजकका तर्फबाट संघका अध्यक्ष मजगैया र शिखर इन्स्योरेन्स घोराही दाङका लुुम्बिनी प्रदेश उपप्रबन्धक रवीकिरण केसीबीच बीमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्रिकेट संघ दाङका अध्यक्ष एवम् डिसिएल–२ संयोजक प्रदीप मजगैयाका अनुसार पाँच फ्रेन्चाईज टीमबाट खेल्ने ७५ जना खेलाडी र २५ जना अफिसियलहरुको जनही ४ लाख रुपैयाँका दरले ४ करोड रुपैयाँ बराबरको बीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड घोराही शाखाले गरिदिएको लुुम्बिनी प्रदेश उपप्रबन्धक केसीले जानकारी दिनुभयो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको नेपाल टेलिकम डिसिएल–२ प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीले प्रतिष्पर्धा गर्नेछन् ।
जसका लागि पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टीममा १४ जना खेलाडी खरीद गरिसकेका छन् । प्रत्येक टीम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् ।

नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ सफलतापूर्वक सम्पन्न गर्ने सहयोग गर्ने दाता, संघसंस्था र निकायको अहम् भूमिका रहेको छ । प्रतियोगिता संचालन गर्न अहिलेसम्म विभिन्न व्यक्ति, संस्थाले हात अघि बढाएका छन् भने देशविदेशबाट पनि धेरैले नगद सहयोग समेत गर्नुभएको छ ।

Facebook Comments