• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा संचालन भएको स्थायी बन्ध्याकरण शिविरमा २१ जना लाभान्वित




होलेरी । रुन्टीगढी गाउँपालिकामा संचालन भएको स्थायी बन्ध्याकरण शिविरमा २१ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।

आज शनिवार रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र मा संचालन भएको शिविरमा २१ जनाले स्थायी परिवार नियोजन बन्ध्याकरण गरेका हुन् ।

शिविरमा १८ जना महिलाले मिनिल्याप र ३ जना पुरुषले भ्यासेक्टोमी गरी जम्मा २१ जनाले स्थायी बन्ध्याकरण गरेको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी कमल रेग्मी ले जानकारी दिनुभएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा सुनौलो परिवार नेपाल मेरी स्टोप्स इन्टरनेस्नल नेपालको सहकार्यमा तथा स्थानीय तहको समन्वयमा सन्तानको रहर पुगेका दम्पत्ती महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टोमी शिविर फाल्गुन १ गते देखी १५ गते सम्म रोल्पाका १० वटै स्थानीय तहमा संचालन भइरहेको छ ।

Facebook Comments