• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद परिवारलाई पुथा उत्तरगंगाको ५० लाख अनुदान




रुकुमपूर्व । रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले सहिद परिवारलाई आयआर्जन कार्यक्रम अन्तर्गत ५० लाख अनुदान उपलब्ध गराउने भएको  छ । पालिकाले सहिद परिवारलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अनुदान रकम उपलब्ध गराउने भएको हो ।

पालिकाको २०८० मंसिर २१ गते आर्थिक विकास समितिको संयोजक जसबहादुर शेर्पालीको अध्यक्षमा बसेका बैठकको निर्णयअनुसार  सहिद परिवार लगायतको अन्य कृषि र पशु तर्फ विभिन्न  प्रस्तावना माग गारिएको र माग गरेको प्रस्तावनामा ६१ सहिद परिवारको प्रस्तावना आएको र त्यसमध्ये ५० जना सहिद परिवारलाई    छनोटमा परेका छन्  । हिजो शुक्रबार बसेको आर्थिक विकास समितिको बैठकले ५० जना सहिद परिवारलाई जनही १ लाखको आयआर्जन कार्यक्रम अनुदान दिने निर्णय भएको हो ।

सहिद परिवारले १ लाख बराबरको आयआर्जन कार्यक्रममाबाट आफुले गर्न चाहेको कार्यक्रम गर्न सक्ने पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीकाे अनुसार सहिदहरुको बलिदानले गर्दा नै देशमा संघीय गणतन्त्र स्थापना भएकोले सहिद परिवारलाई अनुदान उपलब्ध बनाउने निर्णय भएको हो । सहिद परिवारले जनही १ लाखबाट आयआर्जन कार्यक्रमले केही न केही टेवा पुग्ने अध्यक्ष घर्तीले बताउनुभयो । यो आ.व. मा छुटेका सहिद परिवारलाई अर्को आ.व. मा समेट्ने अध्यक्ष घर्तीले बताउनुभयो ।

सहिद परिवार तर्फको विभिन्न कार्यक्रममा टाढाका वडाहरुलाई प्राबिधिकहरुको सहयोगमा वडामै सम्झौता गर्ने बाताबरण मिलाउने प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले बताउनुभयो । यस्तै अन्य कार्यक्रममा कृषि अन्तर्गत ३६ लाख ७५ हजार र पशु तर्फ ३८ लाखको काम हुने गरि समूह फर्महरु छनोट भएको कृषि सेवा शाखा प्रमुख ओमप्रकाश ओलीले बताउनुभयो । कार्यक्रममा प्राविधिकको फिल्ड मुल्यांकन आधारमा छनोट गरिएको पशु सेवा शाखा प्रमुख भिम केसीले बताउनुभयो ।

Facebook Comments