दाङ । शैक्षिक क्षेत्रमा दाङ जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल हेलो स्टुडेन्ट कन्सल्टेन्सीले सिओई प्राप्त विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि सर्वोत्कृष्ट सिओई खसाल्न सफल जिल्लामै उत्कृष्ट उक्त शैक्षिक संस्थाले अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई सफलताको शुभकामना सहित सम्मान गरेको हो ।
कार्यक्रममा सिओई प्राप्त विद्यार्थीहरुले हेलो स्टुडेन्ट कन्सल्टेन्सीलाइ शैक्षिक क्षेत्रमा अब्बल सावित भएको बताउदै धन्यवाद दिएका थिए ।
सिओई प्राप्त विद्यार्थीहरुले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दैै सम्पुर्णलाई हेलो स्टुडेन्ट कन्सल्टेन्सीमा अध्ययनका लागि आउन आवश्यक रहेको बताए । त्यस्तै सर्वोत्कृष्ट विद्यार्थीको सिओई प्राप्त गर्न सफल भएकाले आगामी दिनमा पनि निरन्तरता दिनेमा आफु विश्वस्त रहेको बताए ।
हेलो स्टुडेन्ट कन्सल्टेन्सीका प्रबन्ध निर्देशक बल बहादुर पौडेलले कार्यक्रम विदाई तथा सम्मान कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिंदै सम्पुर्णको शैक्षिकसंगै समुज्ज्वल भविष्यको कामना गर्नुभयो ।
उहाँले गतिविधिहरुबारे स्पष्ट रुपमा जानकारी गराउदै जापान पुगिसकेपछि हुने क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएको थियो । उहाँले यस शैक्षिक संस्थाले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताउनुभयो ।
५० जनामा मध्ये ४३ जनाको सिओई खसाल्न सफल भएको हेलो स्टुडेन्ट कन्सल्टेन्सी घोराहीमा नयाँ विद्यार्थीका लागि कक्षा सुरु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।