• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक महोत्सवलाई  सफल बनाउन राजनीतिक दलको एक्यवद्धता




घोराही ।  बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको भव्य रुपमा सफल बनाउन जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुले एक्यवद्धता  जनाएका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रमा हुने बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई  भव्य रुपमा सफल बनाउन दलहरुले सहयोग र समर्थन सहित सामूहिक एक्यवद्धता जनाएका हुन् ।

शुक्रबार  दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष एंव महोत्सव मुल आयोजक समितिका संयोजक  वसन्त जोशीको अध्यक्षतामा बसेको जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुको बैठकमा सहभागि राजनीतिक दलहरुको बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई   सफल बनाउन सहयोग र समर्थन सहितको एक्यवद्धता जनाएका छन् ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरूको प्रस्तुति रहनु भन्दै  स्वयं नेपाली उदासीन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिँढीलाई  आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति तर्फ आकर्षित गर्न यो मेला महत्त्वपूर्ण हुने सहभागीको भनाइ रहेको थियो ।

नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको संयोजक वसन्त जोशीले बताउनुभयो  ।

नेपालसहित १३ देशका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने महोत्सवमा १८ गते दाङ झल्किने झाकी, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते  रास्ट्रीयस्तरमा चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ भने २१ गते सोमबार  नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।

उक्त महोत्सवको टिकटको मुल्य  १८ गते  नि:शुल्क प्रवेश तथा १९ र २० गते रु एक सय टिकट शुल्क लाग्ने छ भन्ने  २१ गते सोमबार  नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने दिन भिआईपी टिकट रु पाँच सय तथा नर्मल टिकट रु एक सय रहेको तथा जेष्ठ नागरीकलाई प्रवेश निशुल्क रहेको मुल आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिनुभयो । संयोजक जोशीका अनुसार भिआईपी टिकटलाई कुर्सी बसेर तथा नर्मल दरिमा बसेर हेर्न पाउने समेत बताउनुभयो ।

दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत हुनुका साथै उक्त महोत्सवाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने भन्दै  यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचीव विकास वलीले  बताउनुभयो ।

वलीको अनुसार स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामाग्री  रहेन तथा  दाङ जिल्लामा पाइने नेवारी , थारु तथा मगरको परिकारहरु समेत रहेन जानकारी दिनुभयो।

Facebook Comments