• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १२ को निघुवारमा आयोडिन नुनको चर्चा




घोराही ।  आयोडिन फेबु्रअरी महिना अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १२ को निघुवारमा नागरिकहरुलाई नुनको महत्वका बारेमा जनचेतना जगाउदै नुन वितरण गरिएको छ ।

आयोडिन युक्त नुनको सेवनले मानव स्वास्थ्यमा गर्ने फाईदाका बारेमा नागरिकहरुलाई जानकारी गराउने उदेश्यले घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाको आयोजना र साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा जनचेतना जगाउनुका साथै आयोडिन युक्त नुन निशुल्क वितरण र विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । वडा अध्यक्ष दोर्णबहादुर बहकरीको अध्यक्षता एवं नगर उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपप्रमुख डिसीले स्वास्थ्य नै धन भएकाले खानपान, स्वास्थ्य जाँचमा विषेश ध्यान दिन अपिल गर्नुभयो । आयोडिन युक्त नुनको कमिले विभिन्न स्वास्थ्य समस्याहरु आउने हुदा लापर्वाही नगर्न समेत सुझाब दिनुभयो । कार्यक्रममा कर्पोरेसनका दाङ शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताले आयोडिन नुनको बारेमा अझै आम नागरिकहरुमा ज्ञान नभएको भन्दै गाउँ गाउँमा यस्तो अभियान चलाएको बताउनुभयो । सबै अबस्थामा मानिसहरुलाई आयोडिन नुनको आबस्यक पर्ने भएकाले दुरदराजमा यसका बारेमा जनचेतना जगाउन अझै आबस्यक देखिएको उल्लेख गर्नुभयो ।

प्रमुख गुप्ताले आयोडिन युक्त नुनको कमिले गलगाड हुने, गर्भ तुहिने, मृत शिशु जन्मने, सुस्त मनस्थितको बच्चा जन्मने भएकाले दुई बालबालिकाको फोटो भएको पोकाको नुन खान सबैलाई आग्रह गर्नुभयो । १ सय ५० जनालाई एक एक पोका नुन, ६० जना स्कुले बालबालिकालाई झोला, ३० जनालाई हाते झोला र २० जनालाई टिसर्ट वितरण गरिएको छ ।

कार्यक्रममा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीले आयोडिन युक्त नुनको महत्वका बारेमा जानकारी गराउनुभयो । उहाँले दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महीलाको लागि दैनिक खानामा २५० माइक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्ने जानकारी दिनुभयो । सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिह्न भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसाल्ने र ढिके तथा खुला बेचिने नुनबाट प्रयाप्त मात्रमा आयोडिन पाउन नसकिने भएकाले त्यास्ता नुन प्रयोग नगर्नु सुझाब दिनुभयो । आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाब नपर्ने गरी सुरक्षित तरीकाले राख्ने र आयोडिन युक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गर्नुपर्ने उहाँको भनाई छ ।

Facebook Comments