• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाचौं हापुर कपको उपाधी यूएनबिसीलाई




दाङ । पाँचौ हापुर कप फुटबल प्रतियोगीता २०८० को उपाधी यूएनबिसी घोराहीले जितेको छ ।

हापुर युथ क्लबको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १२ बिजौरी खेल मैदानमा भएको फाईनल खेलमा आयोजक हापुर युथ क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै यूएनबिसी घोराहीले उपाधी जितेको हो ।

निकै प्रतिस्पर्धात्मक फाईनल खेलको पहिलो हाफमा यूएनबिसीका जर्सी नम्बर ३२ का बिनोद केसीले गरेको गोल गरेका थिए । जुन गोल निर्णायक गोल बन्यो । दुबै टिमले राम्रो राम्रो अवसरहरुलाई सदुपयोग गर्न नसक्दा खेल एक शुन्यमा टुंगीयो ।

उपाधीसँगै हापुर युथ क्लबले नगद ५० हजार ५ सय ५५ पाएको छ भने उपबिजेता हापुर युथ क्लबले २० हजार ५ सय ५५ रुपैयासँगै शिल्ड, मेडल पाएका छन् ।

Facebook Comments