सल्यान । चट्याङ लागेर सल्यानमा ४ जना घाइते भएका छन्।
बुधबार साँझ जिल्लाको शारदा नगरपालिका -१३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् ।
शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले बताए । अनुसार स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएका हुन् ।
घाइते मध्य सुनिल र जानकीको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ । घाइतेलाई उद्धार गरि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।