• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेतृत्वको विद्यार्थी संगठनको नाम अब अखिल (समाजवादी)




नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले संगठनको नाम परिवर्तन गरेको छ ।

काठमाडौंमा जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले यस अघि अखिल (क्रान्तिकारी) परिवर्तन गरेर अखिल (समाजवादी) राख्ने निर्णय केन्द्रीय सदस्य रोजी सीले जानकारी दिइन ।

संगठनको २३ राष्ट्रिय सम्मेलनको उद्घाटन राजधानी काठमाडौंको वाल्मिकी क्याम्पस प्रदर्शन मार्गमा आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले उद्घाटन गरेका थिए ।

सोमबार बिहानदेखि त्रिभुवन विश्वविद्यालयमा बन्दसत्र सुरु भएको हो । सम्मेलन बिहीबारसम्म सकिने उपाध्यक्ष विकले बताए । नेकपा (माओवादी केन्द्र)सहित माओवादीबाट फुटेर गएका सबैजसो दलका विद्यार्थी संगठनको नाम अखिल (क्रान्तिकारी) नै रहेका छन् ।

अखिल (क्रान्तिकारी) भन्दा कुन पार्टी निकटको अखिल (क्रान्तिकारी) हो भन्ने चिनाउन मुस्किल भएकाले पनि विप्लव निकट विद्यार्थी संगठनको २३ औ अधिवेशनमा सहभागी प्रतिनिधिले नाम परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा जारी सम्मेलनले विचार र प्रतिवेदन पारित गरेको छ भने बुधवार नेतृत्व चयन गर्ने छ । बन्द सत्रले मदन सी, विनोद सी, विज्ञान सी, यशोदा सी र कमल सीसहितको पाँच सदस्यीय अध्यक्ष मण्डल घोषणा गरेको केन्द्रीय सदस्य रोजी सीले नै जानकारी दिइन् ।

Facebook Comments