• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गद्वारी गुठीपीडितको धर्ना दोस्रो दिन पनि जारी




दाङ, ९ फागुन । स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित हिजोदेखि सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले दोस्रो दिन बुधवार जिल्ला प्रशासन कार्यालय दाङअगाडि धर्ना जारी राखेका छन् ।

तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपूर्जा हुादा पनि हालसम्म अधिकार नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

कानूनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको छ । एकातिर सर्बोच्च अदालतले स्वर्गद्वारी गुठी बिशेष प्रकृतीको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डिकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान जग्गाधनी प्रमाण बोकेर न्याय मागिरहेका छन् ।

आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम रहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुुभयो । उहाँका अनुसार सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाा घर टुक्रदै जाँदा ३ हजार ५ घरधुरी पुगेको छ । जसमा १५ हजार बढी सदस्यहरु आश्रित रहेका छन् ।

फाल्गुन ९ देखि ११ गतेसम्म जिल्ला प्रशासन र मालपोत कार्यालयमा २४ घण्टे धर्ना दिने कार्यक्रम तय गरेको संघर्ष समितिले फागुन १३ देखि १५ गतेसम्म र्‍यालीसहित दाङका सबै राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्‍यालीसहित धर्ना तथा पूर्व पश्चिम राजमार्गमा सुतेर दुईघण्टा बन्द गर्ने, फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानहरुको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने, चैत १ देखि दाङ बन्द या काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको संघर्ष समितिले जनाएको छ ।

Facebook Comments