• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही महोत्सवमा ‘वान्स मोर’ भूमिका




दाङ । गायिका भूमिका गिरी जहाँ पुग्छिन उनको स्वरको जादू चम्किहाल्छ । ‘स्टेज क्वीन’को उपनामले स्थापित हुन सफल चर्चित गायिका भूमिकालाई हिजोआज मेला महोत्सवमा भ्याईनभ्याई रहेको छ । भुमिका जहाँ पुग्छिन त्यहाँ दर्शकबाट वान्स मोरको हुटिङ आउँछ ।

हिजो ७ गते सोमवार दाङ चेम्बर अफ कमर्सकको आयोजनामा घोराहीमा चलिरहेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोमा करिव ७, ८ वाट गीत प्रस्तुत गरिन् । ८ वटा गीत गाएपनि दर्शकबाट वान्स मोर भूमिका, वान्स मोर भूमिका भन्दै हुटिङ लगाएपछि उनी गीत गाउन बाध्य भइन् । दर्शक भनेको हाम्रो लागि देउवता हुन्, उनीहरुको चित्त बुझ्यो भने मात्र आफ्नो सन्तुष्टि पूरा हुने भूमिका बताउछिन् । दर्शक आग्रह अनुसारनै फेरी गीत गाउदा र स्टेज देखी झरेर दर्शकबीच पुग्न बाध्य भएको उनी बताउछिन् ।

गिरीसँगै सोमबार गायिका अनु चौधरी, रुपा घर्ती मगर, गायक टंक खड्का मोडेल रुविना अधिकारीसहित कलाकारको प्रस्तुति रहेको थियो । हुनत सबै कलाकारलाई हुटिङ न आएकोत होईन तर पनि भूमिकाप्रति हुटिङ बढीनै आएको देखियो ।

गुन्युचोलीमा सजिएको उनी जति लोकप्रिय छिन्, त्यतिको अनुशासित र इमानदार पनि रहेकी छिन । भूमिका स्टेज कार्यक्रममा खोजिने गायिकामा पर्छिन् । उनी भूमिकालाई लिएर कार्यक्रम गर्ने आयोजकको संख्या बढिरहेको छ । भूमिकाले पनि कार्यक्रम छनोट गरेर गर्दा पनि कार्यक्रममा सहभागी गाह्रो भएको सिस्ने अनलाइनसँगको कुराकानीमा बताइन् ।

Facebook Comments