• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक महोत्सवको तयारी तीब्र, विभिन्न समिति विस्तार




दाङ। एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामाग्री केन्द्रमा हुने बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको आयोजक जिल्ला उद्योग वाणिज्य संघले तयारी तीब्रता दिएको छ ।

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउनका लागि मुल आयोजक समिति तथा विभिन्न उपसमितिको विस्तार गरेका छन् ।  दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको संयोजकामा रहेको मुल आयोजक समितिको विस्तार गरिएको छ । जसमा घोराहीको सम्पूर्ण वडा अध्यक्षहरु, दाङका सम्पूर्ण उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्ष, दाङका क्रियाशील संस्था, समाजसेवी रहने गरी २६३ सदस्यीय मुल आयोजक समिति रहेको छ । त्यसैगरी राजनीतिक दलका प्रमुख , दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, दाङका सवै पालिका प्रमुखको सल्लाकार समिति समेत बनेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य युवराज पोख्रेलको संयोजका दाङका सम्पूर्ण मिडियाका प्रतिनिधि रहने गरी प्रचारप्रसार समितिको पनि विस्तार गरेको छ ।

नेपाल सहित भारत, जर्मन, अस्टे्रलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने महोत्सवमा १८ गते दाङ झल्किने झाक्री, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते  रास्ट्रीयस्तरमा चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ भने २१ गते सोमबार  नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।

उक्त महोत्सवको टिकटको मुल्य  निधारण पनि गरिएको छ १८ गते  निशुल्क प्रवेश तथा १९र २० गते रु एक सय टिकट शुल्क लाग्ने छ भन्ने  २१ गते सोमबार  नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने दिन भिआईपी टिकट रु पाँच सय तथा नर्मल टिकट रु एक सय रहेको तथा जेष्ठ नागरीकलाई प्रवेश निशुल्क रहेको मुल आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिनु भयो । संयोजक जोशीका अनुसार भिआईपी टिकटलाई कुर्सी बसेर तथा नर्मल दरिमा बसेर हेर्न पाउने समेत बताउनुभयो ।

दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत हुनुका साथै उक्त महोत्सवाट यस क्षेत्रको पर्यटन तथा व्यवासायीक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलीक कला विश्व सामु उजागर हुने भन्दै  यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचीव विकास वलीले  बताउनुभयो ।

वलीको अनुसार स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामाग्री  रहेन तथा  दाङ जिल्लामा पाइने नेवारी , थारु तथा मगरको परिकारहरु समेत रहेन जानकारी दिनुभयो।

यो महोत्सव मुनाफा रहेको भन्दै स्थानीय तथा देशको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यका साथ आयोजना गरिको महोत्सवलाई सफल बनाउन सम्पूर्ण दाङवासी लाग्न आयोजनाले आग्रह गरेको छ ।

Facebook Comments