• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चलचित्र `घरज्वाँइ´ को सुटिङ रुकुमपूर्वमा सुरु




रुकुमपूर्व । चलचित्र `घरज्वाँइ´ को सुटिङ रुकुमपूर्वमा सुरु भएको छ । पूर्वी रुकुमको लुगुममा दयाहाङ राई, मिरुना मगर,पुष्कर गुरुङ,निर्माता जनक घर्ती,निर्देशक अनिल बुढा मगरलगायतले क्यामेरा पूजा गरि फिल्मको सुटिङ सुरु गरेका हुन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले पूर्वी रुकुमबाट फिल्म ‘घरज्वाइँ’को छायांकन  थालेका छन् । जिल्लाको लुगममा शुभसाइत पूजासहित छायांकन सुरु भएको निर्माता जनक घर्तीले बताए ।

यो फिल्मबाट अनिल बुढामगरले कथानक फिल्ममा डेब्यु गर्दैछन् । पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका थलोमा फिल्म छायांकन हुने जनाइएको छ ।

३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गर्नेछन् ।

Facebook Comments