• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ एक्सपो: भोली चर्चित गायिका भूमिका गिरीसहितका कलाकार आउँदै




घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोमा भोली ७ गते सोमबार चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरीको बेजोड प्रस्तुति रहने भएको छ ।

‘स्टेज क्वीन’को उपनामले चर्चित गायिका गिरीलाई हिजोआज भ्याईनभ्याई रहेको छ । माघ २७ गते कोहलपुर, २८ गते दाङको तुलसिपुर, फागुन १ गते सौराहा फागुन २ गते नुवाकोट र ५ गते  तनहुँ महोत्सव सकेर आईतवार मात्र काठमाण्डै फर्केकी गिरी सोमवार ७ गते घोराही आउन लागेकी हुन ।  स्टेज तथा रेकर्डिङमा व्यस्त गायिका मध्य उनी पनि एक  हुन ।

गिरीसंगै सोमबार अर्की गायिका अनु चौधरी, गायक टंक खड्का मोडेल रुविना अधिकारीसहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सकाले जानकारी दिएको छ ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो घोराही १५ झिगौरामा माघ २३ गतेदेखि सुरु भएको थियो ।
साथै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

फागुन ८ गतेसम्म चल्ने एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ । एक्सपो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको दाङ चेम्बर अफ कमर्सले जनाएको छ ।

Facebook Comments