• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु




घोराही । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो शनिबार राति ११ बजेतिर जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ कालीका टोल स्थित रा.७ प.३१८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पुर्व भुमे गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २७ का आदर्श पुनको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा आज बिहना १२ : २० बजे मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी रुकुम पुर्व भुमे गाउँपालिका वडा नम्बर १ घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा डेरा गरी बस्ने ३५ वर्षीय राम कुमार पुन घाईते भएका छन् । उनलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा दाङमा प्राथमिक उपचार गरी थप उपचारको लागि भैरहवा रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते पुनको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments