काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ ।
यस्तै बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।
हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।