• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाह्रौं अन्तर्राष्ट्रिय महोत्सवलाई सफल पार्न वडा अध्यक्षहरुको प्रतिबद्धता




दाङ। एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानिय आयोजनमा फागुन १८ देखी २१ गते सम्म घोराहीको कृषि सामाग्री केन्द्रमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सफल बनाउन घोराहीका सम्पुर्ण वडा अध्यक्षहरुले प्रतिबद्धता जनाएको छन् ।

शुक्रबार  दाङ जिल्ला उद्योग वाणिज्य संघ र घोराहीका वडा अध्यक्षहरु संग भएका बैठकमा उक्त प्रतिबद्धता जनाएको हुन ।

देशको संस्कृति संरक्षण,  प्रबन्धन गर्नुका साथै  पर्यटन भित्राउदै अर्थतन्त्रमा समेत टेवा पुग्ने भन्दै यो हाम्रै कार्यक्रम सम्झेर वडा तथा नगरपालिका बाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको  दाङ जिल्ला उद्योग वाणिज्य संघ महासचिव एंव मुल आयोजक समितिको सहसंयोजक महेन्द्र बुढाथोकीले बताउनु भयो ।

नेपाल सहित भारत, जर्मन, अस्टे्रलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रि कलाकारद्वारा सांस्कृतिक प्रस्तुती हुने महोत्सवको तयारी तिब्रता दिएको मुल आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिनु भयो ।

उक्त महोत्सवमा दाङ जिल्लामा हुने उत्पादन हुने परिकारहरु रहनुका साथै १८ गते दाङ झल्किने झाक्री, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते  रास्ट्रीयस्तरमा चर्चित  कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ भने २१ गते सोमबार  नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।

Facebook Comments