• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा पनि धुर्मुस–सुन्तलीलाई दर्शकको साथ उल्लेखनीय




घोराही । धुर्मुस–सुन्तलीले ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आफ्नो प्रस्तुति दिएका छन् । रङ्गशाला बनाउने अभियान असफल भएपछि उनीहरू फेरि सात वर्षपछि मञ्चमा फर्किएका हुन् ।

सोहीक्रममा शुक्रबार घोराही १५ झिगौंरामा जारी एक्सपोमा उनीहरूले ‘मेरी बास्सै’कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिएका हुन् । दुवैको केमेस्ट्रीलाई दर्शकले पनि मन पराएको एक्सपोको भिडभाडबाट थाहा पाउन सकिन्छ ।
लामो समयपछि घोराहीमा आउँदा पनि स्थानिय दर्शकको माया र हौसला उस्तै देखिन्थ्यो । दर्शकहरुलाई पेट मिची मिची हँसाएका थिए । उनीहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गरे ।

देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने प्रहसन प्रस्तुत गरेकाहुन् । मौलिक गाउँले शैलीको उहाँहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।

यसअघि उनी स्टेजमा नदेखिए पनि कलाकर्ममा भने निरन्तर थिए । फिल्म र भिडिओमा भने उनीहरू देखिँदै आएका थिए । उनीहरु पुनःस्टेजमा फर्किन थालेपछि अहिले मेला–महोत्सवमा उनीहरुको माग बढ्दो छ ।

यस्तै, सोहीदिन चर्चित गायक टंक तिमिल्सना, ,विक्रम परियार, रास्कोटी मगर, चर्चित थारु गायक प्रकाश पृय कुसुम्या, मोडल दिपक बर्मा, मनिसा अधिकारी, सुरुचि सेन्चुरी, दिलसा कुमाल लगाएत स्थानिय कलाकारहरुले दमदार प्रस्तुति राखेका थिए ।

दाङ चेम्बर अफ कर्मसको आयोजनामा माघ २३ गते सुरु भएको एक्सपो माघ ८ गतेसम्म चल्नेछ । एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीय कृषि उत्पादनका बस्तुहरुको बिक्रि वितरण , विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरु सहितका स्टलहरुको व्यवस्थापन गरिएका आयोजक संस्थाका अध्यक्ष विकास अग्रवालले बताए ।।

Facebook Comments